शान्तिपूर्ण प्रदर्शन र धर्ना दिने अधिकार सरकारले खोसेको छ : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियोसहित)

शान्तिपूर्ण प्रदर्शन र धर्ना दिने अधिकार सरकारले खोसेको छ : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियोसहित)

काठमाडौँ । चिनिया विदेशमन्त्री ३ दिने औपचारिक भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन् । चिनिया विदेशमन्त्री नेपाल भ्रमणमा रहेका बेला चिनिया दुतावास अघि चिनसँग पछिल्ला दिनमा विवाहको नाममा विवाह गर्ने चिन लैजाने अनि यौनदासी बनाउने प्रवृत्ति बढेको भन्दै प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणको माग गरे ।

दोषीलाई कारबाहीको माग, चिनमा मानव तस्करी बन्द गर लगायतका माग राख्दै आन्दोलनमा उत्रिएकालाई सरकारले धरपकड मात्र गरेर समातेर थुन्यो । यसरी शान्तिपूर्ण रुपमा भेला हुने स्वतन्त्रतामाथि पनि बन्देज लगाइएको किन होला ?

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन् –‘‘विचार र अभिव्यक्तिमाथि नै नीतिगत रुपमा प्रतिबन्ध लगाउने गरी सरकारले अधिनायकवादी शैली अपनाइरहेको छ ।’’ सरकारको कार्यशैली भ्रष्टाचारमुखी बनेको उनको आरोप छ । संविधानको धारा १७ अनुसार प्रदर्शन गर्न खोज्दा भइरहेको हस्तक्षेप गरिएको उनले बताए ।

अर्कोतर्फ नेपालसँगको द्धिपक्षीय सम्झौतालाई लिएर विभिन्न कोणबाट आलोचना भैरहेको छ । खाशगरी ५००० थान टेन्ट र ३५ करोडमा अस्पताल बनाउने विषयलाई लिएर धेरैले आलोचना गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइमा नेपाली पक्षसँग ठूलो सोच, विदेशमन्त्री आउँदा गर्ने डिल केही पनि भएन । उनी भन्छन् – ‘‘जबसम्म हामी मगन्ते सोचबाट माथि उक्लिँदैनौँ हाम्रो सोच परिवर्तन हुँदैन, तबसम्म नेपालको आर्थिक समृद्धि सम्भव छैन । ’’ 

हेरौँ त्रिपाठीसँगको कुराकानी । 

संम्बधित खबर

विशेष