News

आज बुधबार, कस्तो छ तपाइको राशिफल?

आज बुधबार, कस्तो छ तपाइको राशिफल?

वि.सं. २०७६ भदौ २५ । बुधबार । इ.स. २०१९ सेप्टेम्बर ११। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, २८ः४४ उप्रान्त चतुर्दशी। उपप्रा. लक्ष्मीप्रसाद बराल ।

मेष– आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। महत्त्वाकांक्षाले भने काममा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला।  

बृष– सहयोगको नाममा धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरूबाट सजग रहनुहोला। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा पनि प्रवृत्त भइनेछ।

मिथुन– स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ।  

कर्कट– उच्च महत्त्वाकांक्षा र अवसरलाई अधिकार ठान्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिनेछ। आफन्त र शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

सिंह– साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।  

कन्या– कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। मिहिनेतले ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

तुला– हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

बृश्चिक– तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।

धनु– विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। शुभचिन्तक तथा प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। विशेष सभा–समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।

मकर– चिताएको काम बन्नाले समस्या समाधान हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। मनग्गे धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कुम्भ– आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। 

मीन– कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। 

राशिफल बुधबार

विशेष