News

तीजमा पशुपति जाने ? हेर्नुहोस् के छ व्यवस्था

तीजमा पशुपति जाने ? हेर्नुहोस् के छ व्यवस्था

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । तीजमा भक्तजनलाई आधा घण्टादेखि २ दुई घण्टाको अवधिमा पशुपति नाथको मूल मन्दिर दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको कोषले जनाएको छ । 

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुल्ला गरिने भएको छ । दर्शनार्थीको सहज दर्शनसहित शान्ति सुरक्षा व्यवस्थापनका लागि ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यस वर्ष ५ लाख भन्दा बढि भक्तजनले तीजका दिन पशुपतिनाथको दर्शन गर्ने कोषको अनुमान छ ।

यस वर्ष पशुपतिनाथको पूर्वी मूलढोका समेत खोलिने कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।  तीजका दिन पशुपतिनाथको दर्शनका लागि ४ स्थानबाट लाईनको व्यवस्था गरिएको छ ।

पहिलो लाईन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाईन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाईन एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट, र चौथो लाइन बत्तिसपुतली गौशला–पिङ्गलास्थान हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । असक्त र जेष्ठ नागरिकले मन्दिर दर्शनका लागि लाइन लाग्नु नपर्ने व्यवस्था कोषले मिलाएको छ । 

विशेष