मेलम्ची र द्रुतमार्गमाथि छानबिन हुँदै
काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौँ–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिाउने निर्णय गरेको थियो ।
समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ । समिति सचिव रोजनाथ पाण्डेका अनुसार मेलम्चीको सञ्चालक समितिसँग साताभित्र सोधपुछ गर्ने तयारी छ। बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची आउने कुरा मात्र भएकाले यथार्थ खर्च र जानकारी लिन जरुरी रहेको बताएका थिए। उनकै निर्देशनबमोजिम कागजपत्र भिकाइएको हो।
'मेलम्चीको डकुमेन्टमाथि अध्ययन पूरा भएको छ' 'उनले भने' आगामी साता सञ्चालक समितिलाई बोलाउँछौँ।'
सेनाले निर्माण गरिरहेको द्रुतमार्गको प्रगति र खर्चको विवरण पनि समितिमा अध्ययन भइरहेको छ। रक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विववरण उपलब्ध गराएको हो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
फास्ट ट्रयाक मेलम्ची