एनसेल प्रकरणमा न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौँ । एनसेलले लाभकरबारे सर्बोच्च अदालतको पछिल्लो फैसलाबारे सर्वत्र चासो छ । संसदीय समिति कानूनविद्हरुसँग छलफलमा छ । संसदमा सांसदहरु एनसेल कम्पनी बिक्री वितरणका बेलाको लाभकर अर्थात क्यापिटल गेन ट्याक्स र सर्बोच्चले यसमा गरेको फैसलालाई लिएर सांसदहरु हरेक बैठकमा विरोध गर्ने गर्छन ।
तर यस प्रकरणमा सरकार र ठूला राजनीतिक दल मौन छन् । एनसेल प्रकरणलाई लिएर विरोध गर्नेहरुले पैसाको चलखेलका कारण कर नतिरिएको जनाउँछन् । एनसेल कम्पनी खरिद बिक्रीमा बिक्रेता टेलियासोनेराले तिर्नुपर्ने कर आलटाल गर्न खोजिएको बताउँछन् ।
भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको भनाइमा कर नतिर्ने कम्पनी नै बहिष्कार गर्नुपर्छ । किनकी ठूला दल, ठूला मिडिया अनि सरकारलाई एनसेल कम्पनीले किनेको छ । एनसेल कर प्रकरणमा अब एनसेलको सिम बहिष्कार नगरेसम्म यस कम्पनीले कर नतिर्ने भन्दै शाहीले सबै राष्ट्रप्रेमी नेपालीहरुलाई कर नतिरेसम्म सिम बहिष्कार गर्न सुझाउँछन् ।
उनी भन्छन् –‘‘एनसेलले राज्य अपराध गरेको छ । सर्बोच्चको फैसला पनि गलत भयो । एनसेलले सबै कर तिर्नुपर्छ । ’’ एनसेल कम्पनी टेलियोसोनेराले एक्जियटालाई बेचेको कम्पनी हो ।
कर छल्नकै लागि वेष्ट इण्डिजको प्रान्तमा खोलिएको यस कम्पनी एक्जियटालाई बेच्नासाथ ७ दिनपछि बन्द गरिएको थियो । शाहीको भनाइमा देश बाहिर कम्पनी किनबेच भएपनि रकम नेपालीको हो । नेपालीको रकममाथि नाफा आर्जन गर्ने कम्पनीलाई अब नेपालीले बहिष्कार गर्नुपर्छ ।
उनी भन्छन् ‘‘जसले आफ्नो देशमाथि कर तिर्दैन नेपाल आमामाथि बलात्कार गरेको छ भने उसको सिम अब बहिष्कार गर्नुपर्छ । यसका लागि नागरिक जागरुक हुनुपर्छ । ’’ एनसेल कर प्रकरणबारे शाहीसँगको कुराकानी जस्ताको तस्तै :
एनसेल एनसेल लाभकर