News

गृहमन्त्रीका भाईको गुन्डा नाइकेसँग सम्बन्ध

गृहमन्त्रीका भाईको गुन्डा नाइकेसँग सम्बन्ध

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाई नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ ।

निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो ।

थापा गत मंगलबार पक्राउ परेका हुन् । कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग थापाले समीरमानसँग भेट गरेको पुष्टि गरेका छन् ।

ओझासँग थापाको पुरानो चिनजानसमेत थियो । आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न आएको ओझाले पुष्टि गरेका छन् । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

रामबहादुर थापा ‘बादल’ नरेशकुमार थापा समीरमानसिंह बस्नेत

विशेष