News

‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’

‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताएका छन् । 

इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्रममा उनले स्थानीयस्तरमा विकासको लहर चलेकोसमेत उल्लेख गरे । उनले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै नेता नेपालले अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्यहरु जनप्रतिनिधिहरुले गहनरूपले अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिए । 

फरक प्रसङ्गमा खनालले पार्टी एकीरणको शुरुआतमा केही असहजता देखिए पनि अहिले समाधान भइसकेको बताए । 

नेपाल कम्युनिस्ट पार्टी झलनाथ खनाल जनप्रतिनिधि कर्मचारी

विशेष