News

पहिरोले दुई जीप पुरिँदा एकको मृत्यु, चार गम्भीर घाइते

पहिरोले दुई जीप पुरिँदा एकको मृत्यु, चार गम्भीर घाइते

रुपन्देही : सिद्धार्थ राजमार्गको बुटवल सिद्धबाबा सडकखण्ड पहिरो जाँदा दुईवटा जीप पुरिएका छन्। जीप परिँदा एक जनाको मृत्यु भएको छ। अन्य चार जनाको प्रहरीले उद्दार गरेको छ।

मृत्यु हुनेमा जीपका चालक कलम परिवार रहेका छन्। उनी रुपन्देहीका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएअनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेका हुन्।

पहिरो क्षेत्रबाट प्रहरीले उद्धार गरेका गम्भीर घाइते चारजनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पहिरो

विशेष