गणपति विसर्जनमा हिँडेका व्यक्ति सवार डुंगा पल्टिँदा ११ को मृत्यु

नयाँ दिल्ली । भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको एक डुङ्गा परी एघार व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका छन् ।
मध्यप्रदेशको भोपालको खाटलापुरा घाटमा “भगवान गणेश“ मूर्तिहरूको विसर्जनको धार्मिक कार्यक्रम जुलुसमा सहभागी हुनका लागि १६ व्यक्ति सवार भएका उक्त डुङ्गा दुर्घटना भएको थियो ।
प्रहरीका अनसुार यस डुङ्गा सवार पाँच व्यक्तिलाई उद्धार गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
डुंगा दुर्घटना