News

आफ्नै शरीरबारे कति थाहा छ ?

आफ्नै शरीरबारे कति थाहा छ ?

नवजात शिशुको शरीरमा जम्मा २६० वटा हाड हुन्छन् । प्रौढ अवस्थामा घटेर २०६ मा सीमित हुन्छ । यीमध्ये तिघ्राको हाड जसलाई फिमर भनिन्छ, त्यो सर्वाधिक लामो हुन्छ । 

कानको मध्य भागमा ३ वटा साना साना श्रवण हड्डी हुन्छन् । यी तीनमध्ये ‘स्टेप्स’ मानव शरीरको सवैभन्दा सानो हाड हो । यसको लम्बाई २६ देखि ३४ मिलिमिटर तथा वजन २ देखि ४३ मिलिग्रामसम्म हुन्छ । 

मानव शरीरको वजनको लगभग ४० भाग मांशपेशीको हुन्छ । यसको कुल संख्या ६३९ रहेको छ । 

मानव शरीरको सवैभन्दा छोटो वा सानो मांशपेशी ‘स्टेपिडियस’ हो, जसको लम्बाई लगभग ०.१२७ सेन्टिमिटर हुन्छ । 

मानव शरीरमा २४ तत्व छन् । यी मध्ये हाइड्रोजन ६३ र अक्सिजन २५.५ प्रतिशत छ । 

मानिसको आँखाले १७ हजार रंगको अलग अलग पहिचान गर्न सक्छ । 

हाम्रो नङ दैनिक ०१२ मिमि र कपाल ०.४३ मिमि बढ्दछ । 

आठ घण्टाको निद्रामा अधिकांश मानिसले ५ वटा रंगीन सपना देख्ने गर्छ । प्रत्येक सपना १० देखि ३० मिनेटसम्म चल्ने गर्छ ।

स्वस्थ मानिसको मुटुमा ५ देखि ६ लिटरसम्म रगत हुन्छ ।

मानिस शरीरमा रक्तसंचार हुन्छ भनी सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक विलियम हार्वे हुन् । 

मानिसको शरीरमा सर्वाधिक चल्ने हाड घुँडामा हुन्छ । 

मानव मस्तिष्कको सरदर तौल १ किलोग्रामदेखि २ सय ग्राम थप हुनसक्छ । 

मानव शरीरको सबभन्दा बलियो हाड बंगारो हो । 
 

मानव मस्तिष्क शरीर

विशेष