विदेश

साउदीको सबैभन्दा ठूलो तेल कम्पनीमा ड्रोन आक्रमणपछि भीषण आगलागी

साउदीको सबैभन्दा ठूलो तेल कम्पनीमा ड्रोन आक्रमणपछि भीषण आगलागी

साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनीमा ड्रोन हमला भएको छ। ड्रोन हमलापछि यहाँ भीषण आगलागी भएको छ।

साउदी अरबको सरकारी समाचार संस्थाले गृह मन्त्रालयको भनाइ उद्धृत गर्दै साउदी अरामकोका दुई तेल कम्पनीमा ड्रोन हमला भएको उल्लखे गरेको छ। आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार बिहान करिब चार बजेको समयमा ड्रोन हमाला भएको हो।

ड्रोन हमालापछि लागेको आगो अरामको औद्योगिक सुरक्षा दलले अब्क्याक र खुरैसमा ड्रोन हमलाबाट लागेको आगो नियन्त्रणमा लिएको बताइएको छ।

उक्त हमालापछि राज्यको पूर्वी पान्तमा सुरक्षा जाँच सुरु गरिएको छ। यद्यपि अहिलेसम्म ड्रोन हमालको कसैले जिम्मा लिएको छैन। केही समयदेखि यहाँ हूति विद्रोहीसँग सरकार द्वन्द्व चर्किरहेको छ।

यसअघि यमनको हूति विद्रोहीद्वार गरिएको एक हमालाले अरामकोको शायबा प्राकृतिक ग्यास द्रवीकरण केन्द्रमा आगो लागेको थियो। यसमा कसैको पनि हताहत नभएको बताइएको छ।

ड्रोन आक्रमण

विशेष