विदेश

भारतीय प्रधानमन्त्री मोदीद्वारा साहिबगन्ज मल्टी मोडल ट्रमिनलको उद्घाटन

भारतीय प्रधानमन्त्री मोदीद्वारा साहिबगन्ज मल्टी मोडल ट्रमिनलको उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डको साहिबगन्जमा निर्मित भारतको दोस्रो मल्टी मोडेल ट्रमिनलको उद्घाटन गरेका छन्। तीनमध्यको दोस्रो यो ट्रमिनले गंगा नदीमा जल मार्ग विकास परियोजनाअन्तर्गत सन् २०१८ नोभेम्बरबाट निर्माण सुरु गरिएको थियो। निर्माणको शुभारम्भ मोदीले वाणरासीबाट गरेका थिए।

साहिबगंजस्थित मल्‍टी-मोडल टर्मिनल झारखन्ड एवं बिहारकाउद्योगका लागि वैश्विक बजार खोल्ने अनुमान गरिएको छ। यसका साथै जलमार्गका माध्यमबाट भारत-नेपाल कार्गो कनेक्टिविटीमा सुलभता थप्ने छ। साथै राजमहल क्षेत्रबाट कोइला निर्यात गर्न यो ट्रमिनलले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारीहरूले बताएका छन्। साथै कोइलाबाहेक गिट्टी, सिमेन्ट, चिनी लगायतका वस्तु निर्यात गर्न सिकेन बताइएको छ।

मल्‍टी-मोडल टर्मिनलमार्फत यो क्षेत्रमा लगभग ६०० मानिसलाई प्रत्‍यक्ष रोजगार र करिब ३०००  मानिसलाई अप्रत्यक्ष रोजगारी सिर्जना हुने सरकारी अधिकारीहरूले बताएका छन्। मल्‍टी-मोडल टर्मिनलका माध्यमबाट साहिबगंज में सडक-रेल-नदी परिवहनको संयोजनबाट यहाँका ग्रामीण क्षेत्र कोलकाता एवं हल्दिया भन्दा पनि अगाडि बंगालको खाडी सम्म जोडिने छ।

यसबाहेक साहिबगंज नदी-समुद्र रूटबाट बांग्‍लादेश हुँदै पूर्वी राज्‍यहरूसँग जोडिने छ। यो ट्रमिनलको वार्षीक क्षमता ३० लाख टन रहेको छ। सार्वजनिक निजी साझेदारी मोडलमा यो ट्रमिनल निर्माण गरिएको हो। यो ट्रमिनलले निकट भविष्यमा अन्य देशसँग जलमार्गमार्फत जोडिन सहयोग पुग्ने ट्विटमार्फत बताइएको छ। साथै उक्त ट्रमिनलका सम्बन्धमा एउटा विशेष भिडियोसमेत शेयर गरेका छन्।

 

नरेन्द्र मोदी

विशेष