कुन महिलाले के गरे ?

कुन महिलाले के गरे ?

नेपालमा उच्च पदमा महिलाको सहभागिता दिनप्रतिदिन बढ्दो छ । संविधानमै समावेशितालाई उच्च प्राथमिकता दिएपछि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकामा मात्र हैन संवैधानिक निकायमा समेत महिलाको सशक्त उपस्थिति छ । अहिले त मुलुकको पहिलो व्यक्ति राष्ट्रपतिको कुर्सीमा जनताकी छोरी विद्यादेवी भण्डारी रहेको अवस्था छ । प्रतिकूल अवस्थामा पनि महिलाले विभिन्न क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएका थिए । टेम्पो चलाउनेदेखि विमान उडाउनेसम्म, गीत गाउनेदेखि सिनेमामा नाच्नेसम्मका कर्ममा महिलाले आफ्नो इतिहास लेखाएका छन् । आउनुस् कुन महिलाले कुन कर्ममा ख्याती कमाए जानौं । 

राष्ट्रपति-  विद्यादेवी भण्डारी

प्रधानन्यायाधीश-  सुशीला कार्की

सभामुख-  ओनसरी घर्तीमगर

चिकित्सक-  राजवाई राणा

कम्पाउण्डर-  मिगाइनानी सौभाग्यवती

इलेक्ट्रोनिक-  इञ्जिनीयर  किरण राणा

मेकानिकल-  इञ्जिनीयर जया पाण्डे

न्यायाधीश-  शारदा श्रेष्ठ

अधिवक्ता-  सुशीला सिंह

नर्स-  रुपकुमारी गुरुङ

प्रधानाध्यापिका-  सानुनानी राजकर्णिकार

प्रहरी-  सरस्वती उपाध्याय

लाइब्रेरियन-  शान्ति मिश्र

मूर्तिकार-  शुष्मा सिंखडा

मदन पुरस्कार-  पारिजात

मन्त्री-  सुशीला थापा

राज्यमन्त्री-  कमल राणा

सहायकमन्त्री-  द्वारिकादेवी ठकुरानी 

राजदूत-  श्रीमती बृन्दा सिंह

प्रिन्सिपल-  अंगुरबाबा जोशी

तबला बादक-  कमला प्रधान

लोकसेवा आयोग सदस्य-  उमा पाण्डे

प्रमुख जिल्ला अधिकारी-  उषा नेपाल

स्काउट ट्रेनिङ जुनियर-  रामवदन जोशी

सभापति (जुनियर चेम्बर नेपाल)-  अम्बिका श्रेष्ठ

प्रधानपञ्च-  शान्ता पोखरेल

अञ्चल सभापति-  सुश्री भद्रा घले

कर्मचारी (प्रशासन क्षेत्र)-  मीना रोका

नेपाली साहित्यमा पीएचडी-  डा. वानिरा गिरी

गृहविज्ञानमा पीएचडी-  प्रभा बस्नेत

विज्ञानमा पीएचडी-  विनु लोहनी

राष्ट्रिय पञ्चायत उपाध्यक्ष-  प्रज्ञा राज्यलक्ष्मी देवी

मुसलमान डाक्टर-  डा. रोशना आरा खाँ

सम्पादक- साधना प्रधान, कुमारी कामक्ष बस्नेत

प्रहरी हवल्दार-  सावित्री उपाध्याय

प्रहरी इन्सपेक्टर-  पवित्रादेवी

एमए-  जयकलादेवी सिद्धि सिंह

अभिनयमा स्नातकोत्तर-  चैतन्यदेवी केसी

शिक्षाशास्त्रमा पीएचडी-  जैन्यदेवी शाह

राजनीतिशास्त्रमा एमए-  नयपाल राज्यलक्ष्मी

एमएस्सी-  विजया उपाध्याय

टाइपिष्ट-  ज्ञानु सिंह, मिना रोका

विमान चालक-  रक्षा राणा

गायिका-  रानुदेवी अधिकारी

प्यारासुटर-  अन्नपूर्णा राणा

होटल व्यवस्थापक-  अन्ना राणा

फोटोग्राफर-  टीका सिंह

भूमिसुधार अधिवक्ता-  अम्बिका आचार्य

चलचित्र अभिनेत्री-  भुवन थापा, मथुरा रानी

गोरखापत्रमा  फोटो-  सूर्यमती श्रेष्ठ

तेक्वान्दोमा ब्ल्याकबेल्ट-  सुधासेन ओली

संगीतकार-  कोइलीदेवी

इन्द्रराज्यलक्ष्मी पुरस्कार-  नारायणदेवी प्रधान

शिक्षिका-  शिवदेवी श्रेष्ठ

गीत रेकर्ड -  मेल्वादेवी

चलचित्रमा संगीत-  शान्ति ठटाल

नेपाली भाषामा पीएचडी-  शुभद्रा दाहाल

हलो जोत्ने-  कविता पौडेल

लाइसेन्स प्राप्त मोटर चालक-  मच्छरीदेवी चित्रकार

ग्राफिक कलाकार-  उर्मिला उपाध्याय गर्ग

एसएलसीमा बोर्ड टपर-  लुना भट्ट

पत्रकार-  शशिकला शर्मा

राजसभा सदस्य-  सरस्वती राई

काठमाडौं नगर पञ्चायत सदस्य-  साधना प्रधान

लेखापरीक्षक-  नारायणदेवी श्रेष्ठ

ग्रन्थकार-  त्रिपुरासुन्दरी देवी

महिला बन्ध्याकरण प्रारम्भ- डा. कान्ता गिरी

जिल्ला पञ्चायत सभापति-  ओमुटेम्पा लामा

पुरातत्वमा पोष्टग्रयाजुयट-  शोभा श्रेष्ठ

नर्सिङमा डाक्टर अफ एजुकेशन-  उमादेवी दास

नेपालीमा पीएचडी गर्ने विदेशी महिला-  कमला सांकृतायन (भारत)

बालमनोविज्ञानमा पीएचडी-  मिनाक्षी नेपाल

रिक्सा चालक-  शान्तिदेवी कुइँकेल

सगरमाथा आरोही-  पासाङ ल्हामु शेर्पा

हिन्दी साहित्यमा पीएचडी-  आशा सिन्हा

प्रजा जातिबाट एसएलसी-  मञ्जु प्रजा

इञ्जिनीयर-  कान्ति मल्ल

चित्रकार-  प्रमिला गिरी

विमान परिचारिका-  भानु केसी, कृष्णा प्रधान

सचिव-  चन्द्रकला किरण

कवयित्री-  योगमाया न्यौपाने

पुस्तकाध्यक्ष-  शान्ति मिश्र

पत्रकारितामा पीएचडी-  गीतामैयाँ श्रेष्ठ

महिला संघ अध्यक्ष-  योगमाया कोइराला

नायवी चलाउने महारानी-  राजेन्द्र लक्ष्मीदेवी शाह

भारतमा गीत रेकर्ड गर्ने-  मेलवादेवी

महाप्रबन्धक-  अम्बिका प्रधान

त्रिवि कुलपति-  कान्ति राज्यलक्ष्मीदेवी शाह

टेम्पो चालक-  लक्ष्मी शर्मा


 

महिला कार्यपालिका

संम्बधित खबर

विशेष