फुटबल ग्राउण्डमा ३ सय रुख रोपिए
एजेन्सी । अष्ट्रियाको एक फुटबल मैदानमा रुखहरु रोपिएको छ। वातावरण बारे चेतना फैलाउने उद्देश्यले रुख रोपिएको हो । करिब ४९ बर्ष पुरानो फुटबल मैदानमा करिब ३ सयवटा रुख रोपिएका छन् । उक्त मैदानमा अब फुटबल खेल हुँदैन । मान्छेहरु जंगल हेर्नका लागि आउने छन् ।
रुख हेर्नका लागि पैसा तिर्नु पर्नेछ । एकैपटकमा ३० हजारले उक्त जंगलको अवलोकन गर्न सक्छन् । रुखको महत्व बारे बुझाउन पैसा लिएको र फुटबल मैदानमा जंगल रोपिएको बताईएको छ । फुटबल मैदानमा जंगल रोपिएको कुराले विश्वको ध्यान तानेको छ ।
यसरी रुखको महत्व बारे जनचेतना फैलाउनु प्रमुख उद्देश्य रहेको बताईएको छ । करिब ३ सय रुखले बर्षभरिमा करिब ३५ हजार ३ सय ८० किलो अक्सिजन उपलब्ध गराउने छ ।