News

बाँके घटनालाई राजनीतिकरण नगरौं : गृहमन्त्री

बाँके घटनालाई राजनीतिकरण नगरौं : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेमा नेपाली काँग्रेसको कार्यक्रम भाँड्ने नेपाल कम्युनिष्ट पार्टीको निर्देशन नरहेको स्पष्ट गर्नुभएको छ । तर कम्युनिष्ट पार्टीका कार्यकर्ताको भने संलग्नता रहेको हुनसक्ने भन्दै दोषीमाथि कारवाही गरिने बताउनुभयो । 

बाँकेको खजुरामा गएको बिहीबार भएको घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले घटनामा संलग्न निर्मल खत्री, रोसन ठकुरी, लोकबहादुर शाहीलाई पक्राउ गरिएको र बाँकीलाई पक्राउ गर्न निर्देशन दिएको स्पष्ट गर्नुभयो । 

‘घटनालाई राजनीतिकरण नगरौं । दोषीमाथि कारवाही गर्न सरकार प्रतिवद्ध छ । नहुनु पर्ने घट्ना भयो । सरकारले जिल्लाका सबै राजनीतिक दल, सांसदहरुसँग छलफल गरेर अवस्थालाई सहज बनाएको छ ।’ गृहमन्त्रीको भनाइ छ– ‘नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिएको छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । अबदेखि यस्ता कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई खबर गरौं । कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध छ ।’

यसअघि कांग्रेस सांसद बालकृष्ण खाँडले सभाकक्षभित्र भइरहेको शान्तिपूर्ण कार्यक्रममा आक्रमण हुनु घोर निन्दनीय भएको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो–आम नागरिक शान्तिपूर्ण रुपमा भेला हुँदा किन आक्रमण गरिन्छ ? 
 

गृहमन्त्री किरण कोइराला

विशेष