News

बैंकबाट पैसा लिएर फर्केका कुर्मीको गोली हानी हत्या

बैंकबाट पैसा लिएर फर्केका कुर्मीको गोली हानी हत्या

बैंकबाट पैसा लिएर निस्किएका एक व्यक्तिको रुपन्देहीमा गोली हानी हत्या गरिएको छ । रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी ३५ वर्षीय महेन्द्र कुर्मीको हत्या भएको हो ।  अपरिचित व्यक्तिले चलाएको गोली लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक कुर्मी श्रीमतीसँग लु९प ८२३५ नम्बरको मोटरसाइकलमा जाँदै थिए । मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेर बेपत्ता भएका थिए । के कारण उनको हत्या भएको खुलेको छैन् ।

हिमालयन बैंक भैरहवाबाट पैसा निकालेर फर्कदै गर्दा उनीमाथि आक्रमण भएको हो । घटनास्थल पुगेको प्रहरीले अनुसन्धान थालेको छ । 
 

गोली प्रहरी

विशेष