News

इन्द्रजात्रामा पक्राउ परेका अध्यक्ष बस्नेतविरुद्ध मुद्दा दर्ता हुने 

इन्द्रजात्रामा पक्राउ परेका अध्यक्ष बस्नेतविरुद्ध मुद्दा दर्ता हुने 

काठमाडौं । इन्द्रजात्राको दिन राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शनको गर्ने सम्भावना भन्दै पक्राउ परेका मध्ये १० जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ । 

सो दिन पक्राउ परेका ६९ मध्ये ५९ लाइ प्रहरीले मुक्त गरिसकेको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबासहित १० जनाविरुद्ध ‘अभद्र व्यवहार/सार्वजनिक अपराध’ गरेको भन्दै मुद्दा दर्ता गर्ने तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

राष्ट्रपतिलाई कालो झण्डा देखाएको अभियोगमा पक्राउ परेका अध्यक्ष बस्नेत शुक्रबारदेखि प्रहरी  हिरासतमा छन् । राजावादी भएको, हिन्दुत्वको मुद्दा उठाएको जस्ता दावी प्रहरीले गरेको छ । 

पक्राउ परेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराइसक्नु पर्ने प्रावधानका कारण बस्नेतसहितलाई म्याद थपका लागि आज अदालत लैजाने सम्भावना छ । शनिबार बिदा परेका कारण आज प्रक्रियामा जाने महानगरीय प्रहरी परिसर सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले जानकारी दिए । 

बस्नेतसहितलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट  आइतबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ । 

विशेष