News अर्थ

सुनको मूल्यमा लगातार गिरावट, आइतबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा लगातार गिरावट, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : विगत दुई महिनादेखि बढेको सुनचाँदीको मूल्य पछिल्लो एक हप्तादेखि लगातार घटेको छ। सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

नेपाली सुनचाँदी बजारमा तोलामा ४ सय रुपैयाँले घटेर सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार ७० हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि घटेको छ। तेजाबी सुन आइतबार सुन बजारमा प्रतितोला ६९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघले शुक्रबार तेजाबी सुनको मूल्य ७० हजार ३ सय रूपैयाँ कायम भएको थियो।

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। आज चाँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ।

सुनको मूल्य

विशेष