हुम्ला केन्द्र बनाए भूकम्पको धक्का
काठमाडौं : हुम्लालाई केन्द्र बनाएर आइतबार बिहान भूकम्प गएको छ।
हुम्ला केन्द्र रहेको ५ म्याग्निच्यूडको भूकम्प गएको हो।
बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो।
पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन्।
२०७२ सालमा गएको विनाशकारी भूकम्प पछि नेपालमा बारम्बार पराकम्पनहरू गइरहेका छन्।
विज्ञहरूका अनुसार दशौँ वर्षसम्म यसका पराकम्पनहरू जाने गर्दछन्।
भूकम्प