रेडियो नेपालमा धर्नामा बसेका पत्रकार पक्राउ
काठमाडौँ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
दिपायलबाट निष्काशन गरिएका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै रेडियो नेपालको केन्द्रीय प्रशारण केन्द्रमा नाराबाजी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रिय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर दिलिप पौडेल रहेका छन् ।