News

‘फास्ट ट्रयाक’ हुँदै पाइपबाटै काठमाडौंमा तेल

‘फास्ट ट्रयाक’ हुँदै पाइपबाटै काठमाडौंमा तेल

काठमाडौं । अमलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँगै जोड्ने द्रुतमार्फ (फास्ट ट्रयाक) को किनारै किनार काठमाडौंसम्म ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भएपनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्रयाकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।

आईओईका पूर्व डिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

पाइप डिजेल फास्ट ट्रयाक अमलेखगञ्ज

विशेष