बैतडीमा सुत्केरी महिलाको मृत्यु

गोठालापानी । बैतडीमा एक सुत्केरी महिलाको ज्यान गएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–१ गाउँसल्लाकी २१ वर्षीया गौमती चाँडको ज्यान गएको हो ।
स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छाबाटामा सुत्केरी हुनबित्तिकै गौमतीको आइतबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
मृतक महिलाका श्रीमान रोजगारीका लागि भारतमा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।
बैतडी सुत्केरी महिला शिवनाथ गाउँपालिका