संसदीय समितिले सरकारको निगरानी मात्र गर्ने हो, नियन्त्रण होइन : महरा
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानी मात्रै गर्ने बताएका छन् । संसद भवन बानेश्वरमा भएको अन्तक्र्रियामा उनले समितिहरुले सरकारलाई नियन्त्रण नगर्ने स्पष्ट पारे ।
सभामुख महराले संसदले संकल्प, सार्वजनिक महत्व र ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकता आवश्यक हुने बताए। सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका काम कारबाही झनै प्रभावकारी हुने सभामुख महराको भनाइ छ ।
कार्यक्रममा उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले संसदमा प्रस्तुत हुँदा प्राविधिक विषयमा पनि ध्यान दिन सांसदहरुलाई सुझाव दिए ।