अफगानिस्तानमा चुनावी -यालीमा विष्फोट, २४ जना मारिए
एजेन्सी । अफगानिस्तानमा एक चुनावी र्याली नजिक भएको विष्फोटमा परी २४ जनाको मृत्यु भएको छ । यालीमा अफगान राष्ट्रपति अशरफ घानी पनि सहभागी थिए ।
विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । परवान प्रान्तको चारिकर शहरमा भएको चुनावी र्यालीमा विष्फोट भएको हो । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रहेको जनाइएको छ । मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन ।