News

प्रेमिकाले नदीमा हाम फालेपछि प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

प्रेमिकाले नदीमा हाम फालेपछि प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

 जुम्ला । जिल्लाको गुठीचौर गाउँपालिका–३ की २४ वर्षीया रीता बुढाले तिला नदीमा हाम फालेर आत्महत्या गरेकी छन्। २१ भदौमा रीताले चन्दननाथ नगरपालिका १ दानसाँघु नजिकैबाट नदीमा फालेकी हुन्।

उनको शव एक सातापछि सडेको अबस्थामा फेला परेको डिएसपी लालबहादुर धामीले जानकारी दिए। प्रेमीसँग विवाह गर्ने तयारीमा रहेकी छोरीले एकाएक नदीमा हाम फालेको थाहा पाएपछि आफन्तले प्रहरीमा उजुरी गरेका छन् ।

आफन्तले चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका अंगत भण्डारीको नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्। प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ। १९ भदौमा रीता चन्दननाथ वसपार्कस्थित एक होटलमा प्रेमी भण्डारीसँगै बास बसेकी थिइन्।

भोलीपन्ट बिहान प्रेमी सम्पर्कविहीन भएपछि उनले नदीमा फाल हानेको अनुसन्धानबाट खुलेको छ। भण्डारी र बुढाको करिब एकमहिनाअघि फेसबुकमा सम्पर्क भएको र त्यसपछि उनीहरु नजिकिँदै विवाहसम्मको अबस्थामा पुगेको परिवार स्रोतले जनाएको छ। यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

 जुम्ला प्रेमिका आत्महत्या दुरुत्साहन रीता बुढा

विशेष