लम्जुङ केन्द्र बनाएर बिहानबिहानै भूकम्पको धक्का

काठमाडौं : लम्जुङ केन्द्र बनाइए भूकम्पको धक्का महसुस गरिएको छ। लमजुङ केन्द्र बनाए मंगलबार बिहान ४.५ म्याग्नेच्यूटको भूकम्प धक्का महसुस गरिएको हो।
मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ।
यसअघि सोमबार दार्चुला जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा ४.४ म्याग्नेच्युटको भूकम्प गएको थियो भने आइतबार हुम्लाको लिमी क्षेत्रलाई केन्द्र बनाएर ५ म्याग्नेच्युटको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प