News

खाना पकाउने ग्यास पनि पाइपबाटै ल्याउने तयारी

खाना पकाउने ग्यास पनि पाइपबाटै ल्याउने तयारी

काठमाडौं । नेपाल आयल निमगले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ। यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइप लाइन छन्।

नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिक रूपमा पाइलपलाइनको सञ्जाल निगमले विस्तार गर्न लागेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगन्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ।

सँगै रक्सौलको इन्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यास पाइप योजना पनि अघि बढाइएको छ। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।  

नेपाल आयल निमग ग्यास पाइप

विशेष