News

समाजवादीले संविधान दिवस नमनाउने 

समाजवादीले संविधान दिवस नमनाउने 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयोजक रहेको संविधान दिवस मुल आयोजक समारोह समितिले दिवसका रुपमा मनाउन आह्वान गरेपनि सरकारमै रहेको दल समाजवादी पार्टीले भने कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

सरकारमा रहेको दल समाजवादी पार्टी नेपालले आगामी शुक्रबार पर्ने संविधान दिवस नमनाउने निर्णय गरेको हो। वर्तमान सरकारमा उपप्रधानमन्त्रीको हैसियतमा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले घोषणा गरेभन्दा विपरीत संविधान दिवसका दिन कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको उक्त पार्टीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार पर्ने संविधान दिवस मनाउन सरकारले भने सबैलाई आग्रह गरेको छ । हो । समाजवादी पार्टीले जारी गरेको प्रेस विज्ञप्तीमा ‘संविधान त्रुटीपूर्ण र अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधका रूपमा कालो दिन दुवै नमनाउने’ उल्लेख गरिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस दिनमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । 

विशेष