News

५ जना यात्रु बोकेको हेलिकप्टर धनखेतमा आकस्मिक अवतरण

५ जना यात्रु बोकेको हेलिकप्टर धनखेतमा आकस्मिक अवतरण

मुस्ताङ । मुस्ताङबाट उडेको हेलिकप्टर म्याग्दीको धान खेतमा आकस्मिक अवतरण गरिएको छ।  मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरिएकाे हो ।

तीर्थयात्री बोकेको  डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

हेलिकप्टरमा पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक सवार थिए। उनीहरु सबै सकुशल छन् ।

यसअघि सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा आकस्मिक अवतरण भएकाे थियाे।

विशेष