काठमाडौं पस्ने नाकामै तीन युवा लागु औषधसहित प्रकाउ
काठमाडौं । काठमाडौं पस्ने नाकामै तीन युवा लागुऔषधसहित प्रकाउ परेका छन्।
छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको महानगरीय प्रहरी काठमाडौँका प्रवक्ता तथा डिएसी होविन्द्र बोगटीले बताए।
बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसबाट झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई लागुऔषध खैरो हेरोईन ३०.९० ग्रामसहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाले बताए।
त्यस्तै धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान उपमहानगरपालिका वडा नं. ७ का २६ वर्षीय आशिष श्रेष्ठलाई लागुऔषध डाइजेल्याब –९ एम्पल, लुपिजेसिक–९ एम्पल र फेनिरामाईन–९ एम्पल गरी २७ एम्पल र ५ थान सिरिन्जसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ
आषिश श्रेष्ठले ल्याएको लागूऔषध सुनसरीस्थित धरान उपमहानगरपालीका–१५ का प्रकाश तामाङले मगाएको देखिएको पनि प्रहरीको दाबी छ ।
नागढुंगामा पक्राउ परेका आषिशलाई साथमा लिएर प्रहरीले तामाङको खोजतलास गरेको थियो । सोही आधारमा प्रहरीले तामाङलाई कलंकीमा श्रेष्ठलाई कुरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका तिनैजना विरूद्व लागु औषध ऐनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएको परिसरका प्रवक्ता डिएसपी बोगटीले बताए ।