News

दोस्रो पटक घूस लिने सई कार्यकक्षबाटै परे अख्तियारको फन्दा

दोस्रो पटक घूस लिने सई कार्यकक्षबाटै परे अख्तियारको फन्दा

काठमाडाैँ । घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ नायब निरीक्षक(सई) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको फन्दामा परेका छन्।

आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो । घुस लिएको आरोपमा प्रहरी टोलीले सईलाई कार्यकक्षबाटै पक्राउ गरेको हो। 
 
थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए । पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

हालै मात्र बौद्धको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत हुदाँ रु तीन लाख घुस रकम लिँदै गर्दा पक्राउ परेका थिए ।

केही समय निलम्बनमा रहेर उनले सफाइ पाएपछि पुनः सेवामा आएका हुन् । यसअघि महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम राई एक लाख ४० हजार घुससहित कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको थियो । हाल राई निलम्बनमै छन् । 

विशेष