तीज सुरु, यस्तो छ धार्मिक महत्व

तीज सुरु, यस्तो छ धार्मिक महत्व

हरि न्यौपाने
काठमाडौँ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आइतबारदेखि सुरु भएको छ । आइतबार दर खाएर तीज मनाईदैछ । 


दर खाने दिन ?

तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खान्छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिकाको अघिल्लो दिन अर्थात् दर खाने प्रचलन छ ।

दर खाने चलन हरितालिका मनाउने बेलादेखि नै भएको हो । धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ ।

धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ । पञ्चाङग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराई भन्छन् –‘‘तीजको व्रत निराहर बस्ने भएकाले अघिल्लो दिन दरको रुपमा अडिलो खानेकुरा खाने चलन हो । व्रत बस्नेले अघिल्लो दिन माछामासु खानुहुन्न तर हाम्रोमा विकृति छ ।’’ उनका अनुसार व्रतको अघिल्लो दिन मासु खाने गरिन्न ।

यसबारे उनले भने –‘‘चोखो खाने हो अनि अडिलो खानेकुरा खाने हो । ’’

तीज कि हरितालिका तीज

तीज हरितालिका तीज नै हो । भनिएको छ –‘‘आलिभिर्हरिता यस्मात्तत्मात्सा हरितालिका’’ सखिहरुले हरण गरेर लगेका अवस्थामा माता पार्वतीले तृतीया तिथिमा व्रत गरेको हुनाले यस व्रतको नाम हरितालिका तीज रहन गएको हो ।

महादेव पति पाउन पार्वतीले बालक कालदेखि नै आराधना गर्नु भएकाले भदौ शुक्ल पक्षको सोमबार परेको थियो । त्यसैले पनि अविवाहिताहरुले महादेवजस्तै पति र विवाहिताहरुले पतिको दीर्घायु, सुस्वास्थ्यको कामनासहित तीज मनाउने गर्छन ।

तीजको भाद्र शुक्ल चौथीका दिन दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।

साथै वशिष्ठ, अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम र जमदग्नि ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी खाने प्रचलन छ । 
 

संम्बधित खबर

विशेष