नयाँ संसद भवनको शिलान्यास
काठमाडौँ । सिंहदरबार भित्रको पुतली बगैँचामा संघीय संसदको नयाँ भवन बन्ने भएको छ । भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । १० अर्ब रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको शहरी विकास मन्त्रालयले जनाएको छ ।
भवन निर्माण सुरु भएको साँढे २ वर्षमा सम्पन्न हुनेछ । सिंहदरबारमा रहेको प्रतिनिधि सभा भवन सानो भएपछि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने गरेको छ । नयाँ भवन निर्माण भए सम्मेलन केन्द्रलाई तिर्ने अर्बौँ रकम जोगिनेछ ।
सरकारले हाल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउँछ ।