News

अविरल वर्षापछि राजमार्ग ठप्प

अविरल वर्षापछि राजमार्ग ठप्प

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरोले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिरोका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो ।

‘त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिरोका कारण सडक भत्किएको र भासिएको उनले बताए । पहिरो गएसँग यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । 

अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिरोले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको जनाइएको छ । 
 

विशेष