आजदेखि नेपाल एयरलाइन्सको जहाज चढ्दा ज्येष्ठ नागरिकलाई ५०% छुट

काठमाडौं : निजी वायु सेवा प्रदायक कम्पनीले ज्येष्ठ नागरिकलाई छुट दिन आनाकानी गरिरहेका बेला सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले ५० प्रतिशत छुट दिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए। मन्त्रीको घोषणाप्रति निजी वायु सेवा प्रदायकले आनकानी गर्दै आएका थिए।
यसैबीच नेपाल वायु सेवा निगयमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिएको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिइएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।
मन्त्री भट्टराईको घोषणालाई कार्यान्वयन गर्ने क्रममा निगमले बिहीबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको प्रवक्ता चन्दले बताए। निजी वायु यानमा पनि यो छुट गराउन प्रयास गरिए पनि अहिलेसम्म निजी वायुसेवा कम्पनीहरू सहमति आएका छैनन्।
नेपाल एयरलाइन्स