नेपाल वायुसेवा निगम सुधारका लागि समितिले बुझायो १३ बुँदे प्रतिवेदन, के कार्यान्वयन होला ?
काठमाडौँ– पछिल्लो समय नेपाल वायुसेवा निगममा ब्यापक लापरवाही भएको भन्दै सुधार्नको लागि गठित समितिले १३ बुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगम सुधारका लागि उक्त १३ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै मन्त्री भट्टाराइले समितिको प्रतिवेदन अधययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । पूर्व सचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले उक्त प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ । त्यस्तै विगमसँग थरिथरिका विमान भएकाले मर्मत लगायतमा खर्च बढेको, जहाजसंख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउण्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ घाटा बेहोरेको उल्लेख छ ।
त्यस्तै प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् ।
मन्त्री भट्टराइले पर्यटन मन्त्रालय सम्हालेको पहिलो साता नै निगम सुर्धान सुझाव दिन ५ सदस्यीय समिति गठन गरेका थिए ।