News

श्रमिकलाई सामाजिक सुरक्षा र न्युनतम पारिश्रमिक अनिवार्य

श्रमिकलाई सामाजिक सुरक्षा र न्युनतम पारिश्रमिक अनिवार्य

ललितपुर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम पारिश्रमिक कार्यान्वयन गराइ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने उनको भनाइ छ ।

नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा विष्टले भने –
“विद्यालय शिक्षकले बिहान १० देखि ४ बजेसम्म अध्यापन गराउनुहुन्छ तर उचित पारिश्रमिक पाउन सक्नुभएको छैन । अब यो अवस्था रहँदैन, सरकारले न्यूनतम ज्यालाको प्रत्याभूति गराउँछ । ’’

न्यूनतम पारिश्रमिक प्राप्त गर्न नसकेका केही शिक्षक र विद्यालयका कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रिपरिषदमा छलफल भइरहेको छ विष्टले जानकारी दिए । अझै पनि सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षक तथा कर्मचारीले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक प्राप्त गर्न नसकेको उनले जानकारी दिए ।

मन्त्री विष्टले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका प्रावधान कार्यान्वयनमा ल्याइने प्रतिबद्धता दोहो¥याएका थिए । 

विशेष