News

२८२ कैदीलाई माफी सिफारिस

२८२ कैदीलाई माफी सिफारिस

काठमाडौँ । सरकारले २ सय ८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

‘नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।’बाँस्कोटाले जानकारी दिए । 

विशेष