मापसे गरी हो–हल्ला गर्ने ७ जना पक्राउ
खोटाङ – खोटाङमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ७ जना पक्राउ परेका छन्। दशैं तिहार नजिकिँदै गर्दा मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा झै–झगडा गर्दै अशान्ति फैलाएको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–३ का दिपबहादुर लोहनी, सोही ठाउँका बिमल राउत, उदयपुर चौदण्डीगढी नगरपालिका–१० का मिलनकुमार चौधरी रहेका छन्।
त्यस्तै, काभ्रे धुलीखेल नगरपालिका–६ का रामकुमार ठकुरी, रौतहट चन्द्रपुर नगरपालिका–४ का कमल बोगटी र सिन्धुली फिक्कल नगरपालिका–६ का डोरबहादुर बिश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारका अनुसार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा मादक पदार्थ सेवन गरी आपसमा झै–झगडा गरेकामा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेका ७ जना विरुद्ध सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यस्तै, मादक पदार्थ सेवन गरेर छिमेकीलाई कुटपिट गर्ने हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका गणेश सार्की पक्राउ परेका छन्।