देउवाले सरकारलाई दिए यस्तो चेतावनी : अहिले ल्याइएको सबै विधेयक मान्य हुँदैन

देउवाले सरकारलाई दिए यस्तो चेतावनी : अहिले ल्याइएको सबै विधेयक मान्य हुँदैन

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अधिकांश विधेयक यथास्थितीमा मान्य नहुने चेतावनी दिएका छन्।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारद्वारा संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने पुनः दोह-याउदै  चेतावनी दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दायाँबायाँ नगर्न पनि सरकारलाई सचेत गराए। 

‘संविधानको भावना विपरित सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन सकिदैन,उनले भने,‘ यस विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनि सकेको जानकारी दिइ सकेको छु।’
 

संम्बधित खबर

विशेष