News

१४ वर्षीया बालिकामाथि करणीको प्रयास गर्ने एक जना पक्राउ

१४ वर्षीया बालिकामाथि करणीको प्रयास गर्ने एक जना पक्राउ

रुकुम– रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय एक नाम परिर्तन १४ वर्षीया हरिकलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुनलाई प्रहरीले पक्राउ गरेको हो।

निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। 

पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरि जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

Rape in nepal

विशेष