मेलम्ची पूरा गर्न आइतबार सम्झौता हुँदै

काठमाडौं । सरकारले शुक्रबार संविधान दिवसको दिन राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण पेश गर्ने तयारी गरिरहँदा मेलम्ची खानेपानीको बाँकी काम गर्न चिनियाँ कम्पनीसँग भने आइतबार सम्झौता गर्दैछ।
आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीको प्रस्तावलाई उत्कृष्ठ ठहर गर्दै सम्झौताका लागि पत्र पठाएको थियो ।
सोही बमोजिम मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी काठमाडौं आएको र सिनो हाइड्रोसँग अर्को साता सम्झौता हुने जानकारी आयोजनाले दिएको छ ।
कम्पनीका प्रतिनिधिहरु बैंक ग्यारेण्टीसहित काठमाडौंमा आइसकेकाले आइतबार सम्झौता गर्न लागिएको आयोजनाले स्रोतले जानकारी दिएको छ । याे समाचार कारोबार दैनिकबाट लिइएको हो ।
मेलम्ची खानेपानी चिनियाँ कम्पनी सम्झौता