नेकपा संसदीय दलको बैठक : जनप्रतिनिधिको हैसियतमा काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षे अधिवेशन सकिएकाले अब जनताका नजिक रहेर काम गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । नेकपा संसदीय दलको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले वर्षे अधिवेशन र सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउन निर्देशन दिनुभयो ।
बैठकले संसदमा भएका कामहरुको समीक्षा गरेको छ । वर्षे अधिवेशन सकिएकाले आफ्नो क्षेत्र फर्कँदा जनताबीच कसरी जनताबीच प्रस्तुत हुने भन्ने विषयमा शीर्ष नेताले निर्देशन दिएको सचेतक शान्ता चौधरीले जानकारी दिइन्।
बैठकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधि सधैँ जनताकै सामु रहने भएकाले आफ्नो क्षेत्रमा फर्कदा सरकारका सकारात्मक कामको जानकारी गारउँदै जनताको गुनासोलाई समेटेर अघि बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठक