अमेरीकाले साउदी अरबमा सेना पठाउने
एजेन्सी । गतहप्ता साउदी अरेबियका दुई ठूला तेल प्रशोधन केन्द्रमा आक्रमण भएसँगै अमेरीकाले साउदी अरेबियामा आफ्ना सेना पठाउने योजना सार्वजनिक गरेको छ । साउदीका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणपछि अमेरीकाले सेना पठाउन लागेको हो । पठाइने सेनाको संख्या भने अमेरिकाले खुलाएको छैन ।
साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले रक्षात्मक प्रयोजनका लागि सेना पठाउने तयारी गरिएको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानविरुद्ध उच्च तहको प्रतिबन्ध लगाउने घोषणा गरेका छन । अमेरिकाले लगाउने नयाँ प्रतिबन्ध इरानको केन्द्रीय बैंकमा केन्द्रित हुने छ । सैन्य तनाव सकेसम्म नहोस् भन्ने पक्षमा आफू रहेको ट्रम्पको भनाइ छ ।
गत हप्ता साउदीका दुई तेल प्रसोधन केन्द्रमा इरानले आक्रमण गरेको दावी अमेरिका र साउदी अरेबियाको गर्दै आएका छन । इरानले यो आरोप अस्वीकार गर्दै आएको छ ।