नेकपा सचिवालय बैठकले छान्यो सबै महानगरका अध्यक्ष र सचिव(सूचीसहित)

नेकपा सचिवालय बैठकले छान्यो सबै महानगरका अध्यक्ष र सचिव(सूचीसहित)

काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभर रहेका महानगरपालिकाको पार्टीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरका अध्यक्ष र सचिव मनोनित गर्दै टुंगो लगाएको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएको जानकारीअनुसार बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुरका अध्यक्षमा मञ्जली कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ।

त्यसै गरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई चयन गरेको छ।

त्यस्तै वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की चयन भएका छन्। बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँने प्रवक्ता श्रेष्ठले बताए।

संम्बधित खबर

विशेष