ईपीजीमा थप अन्यौल, भारततर्फका संयोजक कोसियारी बने राज्यपाल
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भइरहेको बेला इपीजीका भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यको राज्यपाल नियुक्त भएका छन् ।
कोसियारी राज्यपाल नियुक्त भएसँगै इपीजी प्रतिवेदनको कार्यान्वयनलाई लिएर थप अन्यौल सिर्जना भएको छ ।
कोसियारी स्वयं भने आफू जुनसुकै भूमिकामा भए पनि पुरानो परिचय नफेरिने बताउँछन् । ‘अस्थायी रुपमा जुन पदमा पुगे पनि मेरो परिचय भनेको भगतसिंह कोसियारी नै हो । त्यसैले आफ्नोतर्फबाट सकारात्मक भूमिका खेलिरहनेछ’ु उनले भने ।
कान्तिपुर दैनिकबाट