राष्ट्रपतिबाट पशुपतिनाथ दर्शन
काठमाडौँ । हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको दर्शन गरेकी छिन् । राष्ट्रपतिसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथको दर्शन गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद सदस्य एवम् कर्मचारीले स्वागत गरे । राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन प्रसाद ग्रहण गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
राष्ट्रपतिको सवारी हुने भएपछि लाइनमा रहेका महिलाहरुलाई करिब आधा घण्टा दर्शनमा रोक लगाइएको थियो ।