News

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ, पेस्तोलसहित चन्दा माग्न लेखिएको पत्र समेत बरामद

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ, पेस्तोलसहित चन्दा माग्न लेखिएको पत्र समेत बरामद

भोजपुर - प्रतिबन्धित नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला सेक्रेटरी बमबहादुर विष्ट रहेका छन्।

उनलाई भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी भीरछेउको जंगलबाट स्वचालित हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीले पक्राउ परेका विष्टको शरीर खानतलासी गर्दा २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट १ थान फेला परेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए  ।

उनका अनुसार विष्टको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा समेत फेला परिएको ।घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

विशेष