News Breaking News

आजदेखि अग्रिम टिकट बुकिङ खुला : कहाँ जान कति भाडा लाग्छ? (सूचीसहित)

आजदेखि अग्रिम टिकट बुकिङ खुला : कहाँ जान कति भाडा लाग्छ? (सूचीसहित)

काठमाडाैँ - आइतबारदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको जनाएको छ। साथै विभागले भाडादरसहितको जानकारी समेत सार्वजनिक गरेको छ ।

विभागका प्रवक्ता तिर्थराज खनालका अनुसार दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न विहानैदेखि लाइनमा बस्छन् र ठगिन पुग्छन। बुकिङ खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेकोले भाडादरसहितको जानकारी सार्वजनिक गरिएको  उनले बताए।

उनका अनुसार तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार भए राम्रो हुनेछ।

उनले भने,‘ आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न गए ठगिनबाट जोगिन्छ।’ डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ ।

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ । विभागले दशैंका समयमा अनुगमन गर्न योजना बनाएको छ । विभागले आवश्यक्ता अनुसार टोली बनाएर बुकिङ खुलेदेखि दशैंसम्म निरन्तर टिकट काउन्टरदेखि बसपार्कसम्म अनुगमन गर्ने योजना बनाएको प्रवक्ता खनालले बताए।


 

 

विशेष