News

नेकपाका कार्यकर्ता खुसी पार्न पदक विभूषण बाँडियो 

नेकपाका कार्यकर्ता खुसी पार्न पदक विभूषण बाँडियो 

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन । राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।

संविधान दिवसको अवसर पारेर घोषणा गरिएको पदक पाउनेहरूको सूचीमा ख्यातिप्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन, मदनमणि दीक्षितजस्ता साहित्यकार र पत्रकारलाई पनि सरकारले नसम्झेको चाहिँ होइन।

तर, ९५ प्रतिशत पदक कार्यकर्ता बढाउन र आफ्नो दलप्रति आकर्षित गर्ने प्रयोजनले व्यक्तिको चयन गरिएको छ । पूर्वमुख्यसचिव विमल कोइरालाले राज्यले वितरण गर्ने पदक पद्धतिमा सुधार आउन नसकेका कारण यसमा विवाद सिर्जना भएको टिप्पणी गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
 

विशेष